कुटेर नातीको हत्या गरेकाे आरोपमा साउँद पक्राउ

बैतडी | असार २९, २०८०

कुटेर नातीको हत्या गरेकाे आरोपमा साउँद पक्राउ

बैतडी:   बैतडीमा आफ्नै २ वर्षीय नातीलाई हत्या गरेको आरोपका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँद रहेका छन् ।

 

उनलाई हिजो (बिहीबार) दिउँसो ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

 

गणेशले २ वषीय नाती रेशम साउँद र अर्का ८ वर्षीय नाती रिजनलाई कुटपिट गरेका थिए ।

 

बाजेको कुटाइबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

 

यस्तै घाइते भएका अर्का नाती रिजनलाई थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ । 

 

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले छ ।
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्